खल्तीले ल्यायो यूरो कपको अनुमान गर्दा २५ हजार जित्ने अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2021 | 03:30:49 PM मा प्रकाशित

laxmi  sunrise bank

खल्ती डिजिटल वालेटले खल्ती एप भित्रै भोटिंग मार्फत जारी यूरो कप–२०२० को दैनिक खेलको परिणाम अनुमान गरी रू. २५ हजार नगद तथा दैनिक क्यासब्याक कुपनहरु जित्ने अवसर ल्याएको छ । 

खल्तीका अनुसार खल्ती डिजिटल वालेटले ल्याएको यस योजनामा निःशुल्क भोट गरी जो कोही सहभागी हुन सक्नेछन् । सहभागीहरुले खल्ती आइडी नभएको खण्डमा आफ्नो खल्ती आइडी बनाइ केवाइसी  भेरिफाइ गराएको हुनपर्नेछ ।

 त्यसै गरी भोट को साथै सहभागीहरुले खल्तीमा हरेक दिन आफ्नो लिंक गरिएको बैंक अकाउन्टबाट कम्तिमा रु. २ सय लोड गर्नुपर्ने हुन्छ । साथै लोड गर्दा रिमार्कस्  सेक्सनमा यूरो२०२० (EURO2020) अनिवार्य रुपमा लेख्नु पर्नेछ ।

 सहि उत्तर दिने थप १० जनाले हरेक दिन ५० प्रतिशत छुट कुपन कोड जित्ने मौका पनि पाउनेछन् । 

खल्ती संग बैंक लिंक गर्नका लागिः

 १. खल्तीको होम पेजमा देखाइएको लिंक बैंक अकाउण्ट व्यानरमा क्लिक गरी आफ्नो बैंक छनोट गर्ने र सम्पूर्ण विवरण भर्ने 

२. त्यसपछि, प्रयोगकर्ताको उल्लेखित नम्बरमा प्राप्त भएको ओटीपी वान टाइम वार्सवोड राख्नुपर्नेछ ।

 ३. अब भेरीफाइ बटनमा ट्याप गरिसकेपछि बैंक अकाउन्ट र खल्ती वालेट सफलतापूर्वक लिंक हुनेछ ।

यस यूरो कप–२०२० को सहि अनुमान गर्ने योजना सम्बन्धमा खल्ती डिजिटल वालेटका ब्राण्ड एण्ड मार्केटिंग म्यानेजर, शिरिष श्रेष्ठले भने “हामीले (खल्ती) सहभागीहरुलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले उक्त योजना संचालनमा ल्याएका हौँ। यस योजना मार्फत फुटबल प्रेमीहरुले विशुद्द मनोरन्जनका साथै आकर्षक पुरस्कार जित्ने मौका पाउनेछन् । हामी कुनै पनि किसिमको अनलाइन सट्टेबाजी र यसको प्रचार प्रसारको निन्दा गर्छौँ”। 

 भोट khalti.com मा गई बुकिंग सेक्सनमा रहेको भोट आइकन मा गई तिन स्टेप्समा सहजै गर्न सकिनेछ । 

१. पहिलो, यूरो कप को ब्यानर मा ट्याप गर्ने 

२. भोट गर्न चाहेको देशको फोटो तल भोट वा ड्र मा जाने  

३. अन्तिममा, भोट बटन मा क्लिक गरि ओके मा ट्याप गर्ने 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved