फोनपेको ‘रिफर एण्ड अर्न’ अफरमा आइफोन १२ जित्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2021 | 03:58:28 PM मा प्रकाशित

laxmi  sunrise bank

फोन पे पेमेन्ट सर्विसले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ । जसमा ‘फोन पे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सय सम्मको रिवार्ड प्वाइन्ट जित्न सकिने फोन पेले जनाएको छ । 

फेन पेका अनुसार दैनिक सबैभन्दा बढी रिफर गर्नेले एकहजार रूपैयाँप्राप्त गर्न सक्ने छन् ।  यस योजनामा २०७८ अषाढ ३१ गतेसम्म सबैभन्दा बढी रिफर गर्नेले रू १० हजार प्राप्त गर्न सक्नेछन् ।  

यस योजनाको बम्पर उपहारमा तीनजनाभन्दा बढीलाई रिफर गर्नेमध्येबाट गोला प्रथामार्फत रू १ लाखजित्न सकिनेछ । अफर एपबाट रिफर गर्नका लागि ‘फोनपे अफर एप’ डाउनलोड गर्नुपर्नेछ । यो एप डाउनलोड गरी लगइन गर्नेहरू मध्ये एक जनाले आइफोन १२ जित्न सक्नेछन् । 

फोनपे अफर एपमार्फत च्यालेन्ज एसेप्ट गरी विभिन्न किसिमका भुक्तानी गर्दा दैनिक एक हजार र साप्ताहिक रूपमा २ हजार रूपैयाँजित्न सकिनेछ । फोनपे अफर एपमा विभिन्न व्यवसाय तथा मर्चेन्टले दिएका अफर तथा छुटहरूबारे जानकारी पाउन सकिन्छ । फोनपे अफर एपमा भुक्तानी गर्दा पाएको रिवार्ड प्वाइन्टबाट विभिन्न सामानहरू पनि किन्न सकिन्छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved