इसेवा र रिया मनी ट्रान्सफरबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2021 | 05:05:28 PM मा प्रकाशित

laxmi  sunrise bank

इसेवा मनि ट्रान्सफर र रिया मनी ट्रान्सफरबीच डिजिटल रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै नेपालीहरूले रियाको संजालमा रहेका विश्वका १ सय ६० देशका ४ लाख ७५ हजार भन्दा धेरै स्थानहरूबाट सहजै इसेवा वालेटमा रेमिट्यान्स् पठाउन सकिने भएको हो । 

योे सम्झौताले रिया मनी ट्रान्सफरले विश्वभर रेमिट्यान्सकोे डिजिटल भुक्तानीका लागि गरिरहेकोे प्रयासलाई थप सहयोग पुर्याएको र डिजिटल रेमिटेन्स सेवाको बढ्दो महत्वलाई अझ बढि मान्यता दिएको बताएको छ । यसले ‘डिजिटल भुक्तानी इकोसिस्टम’ तिब्र रूपमा निर्माण भएका नेपालजस्ता देशहरुमा रेमिट्यान्सकोे क्षेत्रमा ठुलो सहयोग पुग्ने आँकलन गरिएको छ । रियासँग अब नेपालको पहिलो र अग्रणी डिजिटल वालेट सेवा प्रदायक इसेवाका ४२ लाख बढि ग्राहकसम्म पहुँच हुने बताएको छ । 

रिया मनि ट्रान्स्फरका ग्लोबल सिईओ शौन फिल्डरले भने, ‘हामी नेपालमा इसेवा मनी ट्रान्सफरसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित छौँ । हाम्रो सहकार्यले यस क्षेत्रमा नयाँ अवसरहरु ल्याउनेछ र सुलभ, सुविधाजनक र किफायति रेमिट्यान्स सेवा मार्फत प्रवासी समुदायलाई सहयोग गर्ने हाम्रो प्रतिवद्धतालाई जारी राख्न सहयोग पुर्याउनेछ’।

एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले भने, ‘अन्तरदेशीय रेमिट्यान्समा विश्वको अग्रणी कम्पनी रियासँग साझेदारी गर्नु २००९ देखि नेपालमा दिगो डिजिटल भुक्तानी इकोसिस्टम निर्माण गर्ने हाम्रो यात्राको महत्वपूर्ण कोसेढुङ्गा हो । हामी वैकल्पीक भुक्तानी सेवाहरू प्रदान गर्ने र वित्तीय सेवामा अधिक पहुँच पुर्याउने मात्र होइन विश्वभरी रहेका नेपालीहरूका लागि पैसा पठाउँदा लागत घटाउने दिशामा काम गर्न उत्साहका साथ लाग्नेछौँ ’। 

यस सहकार्यले नेपाललाई फिन्टेकमा आधारित रेमिटेन्स सेवाका लागि उदयीमान बजारका रूपमा स्थापित गरेको छ जहाँ, डिजिटल रेमिट्यान्सले जटिल भूगोल र ३ करोड जनसंख्यालाई  परम्परागत किसिमको रेमिट्यान्स कारोबारमा भइरहेका चुनौतीहरुको समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ । 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved