सेलपेका ग्राहकलाई १० प्रतिशत क्यासब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2021 | 12:15:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. ले दोश्रो चरणको योजना शुरु गरेको छ । कम्पनीले ग्राहकहरुको माग बमोजिम सेलपे सेवा वालेट मार्फत पनि चलाउन सकिने गरी ग्राहकहरुका लागि दोश्रो चरणको योजना शुरु गरेको हो । 

यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले वालेट लोड गर्दा १० प्रतिशत क्यासब्याक  (रु।५०) सम्म र मोवाईल टपअपमा ४ प्रतिशत क्यास व्याक तुरुन्तै पाउन सक्ने छन् । 

कम्पनीका अनुसार सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने द्रुत, सरल तथा सुरक्षित सेवा हो । 

यस्तै सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ४ लाख मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पिटुपी, पिटुबी, बिटुपी, बिटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ । 

साथै ग्राहकहरुले CellPay Kart  सेवा मार्फत सजिलै घरमै बसी बसी विभिन्न सामानहरु खरिद गर्न सक्ने छन् । 

यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुने र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका खाताका साथै वालेट लोड बाट पनि ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्ने कम्पनीले जनाएको छ । साथै ग्राहकहरुले सेलपे बाट फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क लाग्ने जनाएको छ । 

यो योजना यही असार १७ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म लागु हुने कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved