खल्तीसँग प्राईम बैंकको खाता लिंक गर्दा सय रुपैयाँ बोनस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2021 | 04:00:20 PM मा प्रकाशित

laxmi  sunrise bank

खल्ती डिजिटल वालेटले प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा रू. १०० बोनस प्रदान गर्ने भएको छ। एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सरल बनाउने उद्देश्यले उक्त बोनस अफर ल्याएको कम्पनीले जनाएको छ 

कम्पनीका अनुसार यो बोनस अफर पहिलो पटक प्राईम बैंक अकाउन्ट खल्ती सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुन्छ। लिंक गर्नका लागि प्रयोगकर्ताले आफ्नो खल्ती केवाईसी अनिवार्य भेरीफाइ गराएको हुनुपर्छ। त्यसै गरि प्रयोगकर्ताको खल्ती वालेट बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ। 

उक्त लिंक गरिएको प्राईम बैंक अकाउन्टबाट खल्तीमा नि:शुल्क लोड गरी जुनसुकै बिलको भुक्तानी घरमै बसी केहि सेकेण्ड भित्रै जुनसुकै समयमा गर्न सकिने बताईएको छ ।साथै लिंक घरबाटै गर्न सम्भव रहेको र यो योजना जुलाई १६ देखि ३१ तारीख सम्म खल्ती सँग प्राईम बैंक लिंक गर्ने जोकोहिलाई लागु हुने कम्पनीले जनाएको छ। 

  प्राईम बैंक अकाउन्ट खल्ती सँग कसरी लिंक गर्ने ?

  • खल्तीको होम स्क्रिनमा देखाइएकोमोरअप्सनमा गई लिंक बैंक अकाउन्ट मा ट्याप गर्ने 

  • उपलब्ध बैंकहरु मध्येप्राईम बैंकसेलेक्ट गर्ने 

  • आवश्यक सबै विवरणहरु भरिसब्मिटबटनमा थिच्ने 

  • अब रजिस्टर गरिएको मोबाइल मा प्राप्त वान टाइम पासवर्ड (ओटिपी) दाखिला गरी खल्ती खातासँग आफ्नो प्राईम बैंक अकाउन्ट सफलतापूर्वक लिंक गर्न सकिन्छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved