खल्तीले ल्यायो मोबाइल टपअपमा सबै भन्दा बढी क्यासब्याक पाइने अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2021 | 01:34:16 PM मा प्रकाशित

laxmi  sunrise bank


खल्ती डिजिटल वालेटले खल्तीमामा दर्ता गरिएको मोबाइल नम्बर टपअपमा १० प्रतिशत क्यासब्याक पाइने अफर ल्याएको छ। खल्तीका अनुसार यो अफर टपअप सेवामा हालसम्म नेपाल कै सबै भन्दा बढी प्रदान गरिएको क्यासब्याक हो   

 

प्रयोगकर्ताहरुको लागि रहेको यस अफरले  मोबाइल टप अप गर्न पसल धाईरहनुपर्ने रिचार्ज कार्ड स्क्र्याच गर्न पर्ने झन्झटलाई न्युनिकरण गरि ग्राहकहरुको पैसा समयको बचत गर्न उक्त अफर संचालनमा ल्याईएको खल्तीको ब्राण्ड तथा मार्केटिङ्ग प्रबन्धक श्री शिरिष श्रेष्ठले बताए। एनसेल, नेपाल टेलिकम, स्मार्टको टपअपमा लागु हुने यो अफर अन्तर्गत क्यासब्याक पाउन जुन नम्बरमा आफ्नो खल्ती आइडी रहेको सोहि नम्बर खल्तीबाट रिचार्ज गर्नपर्ने र खल्ती केवाईसि पनि भेरीफाई भएको युजर खाता हुनपर्ने कम्पनीले जनाएको छ। 


यो योजना श्रावण देखि सुरु भइ सिमित समयावधि को मात्र लागि बताईएको छ। क्यासब्याक हरेक नेपाली महिना अनुसार एक महिनाको अधिकतम रु. १०० हुनेछ भने त्यसपश्चात् सामान्य रूपमा पाइने १ प्रतिशत क्यास ब्याक उपलब्ध हुने कम्पनीले जनाएको छ। आफ्नो बाहेक अरुको नम्बर रिचार्ज मा पनि सामान्य रूपमा पाइने १ प्रतिशत क्यास ब्याक प्राप्त हुन्छ  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved