फुडमाण्डुमा इसेवामार्फत भुक्तानी गर्दा ३ सयसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2021 | 04:51:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डू र नेपालको अग्रणी मोबाइल वालेट इसेवाबीच सहकार्य सुरु भएको छ । यी २ कम्पनीहरुबीच भएको समझदारीसँगै फुडमाण्डूका प्रयोगकर्ताहरुले मोबाइलवालेट इसेवामार्फत भुक्तानी गर्न सक्ने भएका छन् । 

सम्झौतासँगै फुडमाण्डूमा हुने अर्डरहरूमध्ये अनलाइन पेमेन्टमा ग्राहकहरुको रूची बढिरहेको बेलामा इसेवाको उपलब्धताले थप सहजहुने कम्पनीका ब्राण्ड, सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर श्यामरत्न मालीले बताए । 

‘हाम्रोमा अहिले ३० प्रतिशतभन्दा धेरै अनलाइन पेमेन्ट भईरहेको छ र ठूलो नेटवर्क भएको इसेवालाई जोड्न पाउँदा त्यसमा अझ वृद्धि हुने अपेक्षा गरेका छौँ । यसले अब ग्राहकहरुलाई सजिलो तरिकाले फुड अर्डर गर्दा भुक्तानी गर्न सकिनेछ’ उनले भने । 

इसेवा र फुडमाण्डुको सहकार्यको अवसरमा फुडमाण्डूले इसेवाबाट भुक्तानी गर्ने ग्राहकहरुलाई पहिलो अर्डरमा २०   प्रतिशत वा ३ सम्मको छुट दिने घोषणा समेत गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved