सेलपेले ल्यायो १० प्रतिशत क्यासब्याक अफर, सामसुङ ग्यालेक्सी एफ २२ जित्ने मौका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2021 | 10:58:27 PM मा प्रकाशित

laxmi  sunrise bank

भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले वार्षिकोत्सव अफर ल्याएको छ । कम्पनीले क्यास ब्याक र मोबाइल जित्न सकिने अफर ल्याएको हो ।

यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपेबाट फोनपेका जुनसुकै मर्चेन्टमा पहिलो भुक्तानी गर्दा १०% क्यास ब्याक (रु१००) सम्म र बम्पर उपहारमा ७ जना लक्की विजेताले  सामसुङ ग्यालेक्सी एफ २२ जित्ने मौका पाउने कम्पनीले जनाएको छ । यो योजना साउन १० गतेदेखि  साउन १६ गतेसम्म लागु हुने छ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिन्छ । सेलपेमार्फत विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५००००० मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर,P2P, P2B, B2P, B2B आदि वास्तविक समयमा गर्न सकिन्छ । साथै ग्राहकहरुले सेलपे कार्ट सेवा मार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved