‘खल्ती’बाट सहकारीमा निःशुल्क पैसा पठाउन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2021 | 01:52:12 PM मा प्रकाशित

laxmi  sunrise bank

अब ‘खल्ती’बाट जुनसुकै सहकारीमा निःशुल्क पैसा पठाउन सकिने भएको छ । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेटले सम्पूर्ण ग्राहकहरुको लागि खल्तीमा उपलब्ध ४०० भन्दा बढी सहकारी अर्थात् कोअपरेटिभ खातामा निःशुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको हो । 

यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्ती बाट आफ्नो सहकारी खातामा प्रत्येक पटक रु. २५,००० र दिनको रु. १,००,००० सम्मको रकम निःशुल्क पठाउन वा जम्मा गर्न सक्नेछन् । त्यसै गरी, प्रत्येक महिनाको अधिकतम १० पटक वा रु. २,५०,००० सम्मको रकम बिना कुनै सेवा शुल्क खल्ती बाट कुनै पनि सहकारी खातामा ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार खल्ती केवाईसी भेरिफाई गराएको प्रयोगकर्ता, खल्ती पसल, र एजेन्टहरुको हकमा यो अफर लागु हुनेछ । नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरि खल्ती केवाईसी भेरिफाई गरि उक्त आकर्षक अफर मा सहभागी हुन सक्नेछन् । 

 खल्ती बाट आफ्नो सहकारी खातामा निः शुल्क रकम ट्रान्सफर गर्नको लागिः

खल्ती एप डाउनलोड गरी लग–इन गर्ने (नयाँ प्रयोगकर्ताहरुले साइन अप मा जाने) 

खल्ती को होम पेजमा गई “कोअपरेटिभ ट्रान्सफर” मा ट्याप गर्ने 

अब सम्पूर्ण विवरण दाखिला गरी “भ्यालिडेट कोअपरेटिभ अकाउन्ट” बटनमा दबाउने 

अन्त्यमा सबै विवरण यकिन भएको निश्चित गरि “ओके” बटनमा ट्याप गर्ने

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved