आइएमई पे एपबाट क्यु आर स्क्यान गर्दा १ हजार जित्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2021 | 05:41:58 PM मा प्रकाशित

laxmi  sunrise bank

‘एप एक क्यु आर अनेक’ भन्ने मूल नाराका साथ आइएमई पेले नेपालमा उपलब्ध सबै क्यु आर स्क्यान गर्दा १ हजारसम्म जित्न सक्ने योजना सार्वजनिक गरेको छ । उक्त योजना १६ भाद्र देखि १४ असोजसम्म लागु हुनेछ । 

नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यु आर, युनियन पे र आइएमई पे क्यु आर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । सबै क्यु आर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप एक मात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप हो । 

नेपालमा क्यु आर स्क्यान गरी  भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्षमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई आत्मसात गरी उक्त अभियानमा सहभागी हुँदै आएको आइएमई पेको यो सेवाले डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved