फोनपे मार्फत कारोबार गर्ने झापाका उज्जलले पाए हुण्डाइको गाडी उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2021 | 06:05:28 PM मा प्रकाशित

laxmi  sunrise bank

फोनपे पेमेन्ट सर्विस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्स्फर, चट्ट कार’  उपहार योजनाका बिजेतालाई गाडी हस्तान्तरण गरिएको छ । यस योजनामा झापा विर्तामोडका उज्जल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन गाडी जित्न सफल भए । 

उनलाई एक कार्यक्रमक बिच फोनपेका प्रमुख कार्यकारी अधिकृत अद्धेत तुलाधर र नबिल बैंकका चिफ मार्केटिङ अफिसर कविन्द्र प्रसाद श्रेष्ठ र फोनपेका ब्राण्ड एम्बेष्डर सन्दिप क्षेत्रीले गाडि हस्तान्तरण गरे । अधिकारी नविल बैंकका ग्राहक हुन् ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको यो योजना फाग्न २३ देखि असार मसान्तसम्म सञ्चालन भएको थियो । यस योजनामा नेपालभरीका कुनैपनि बैंकको आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत अन्य बैंकमा पैसा पठाउने ग्राहक सहभागी भएका थिए ।

फोन पे डाइरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ । जसबाट बिना बैंक खाता नम्बर, केवल पैसा पाउने व्यक्तिको मोबाइल नम्बर हालेर पैसा तुरुन्तै अर्को बैंक खातामा पठाउन सकिन्छ । 

फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने ४ लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved