विद्युत प्राधिकरणको आवेदन फारम शुल्क खल्तीबाट तिर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2021 | 06:22:15 PM मा प्रकाशित

laxmi  sunrise bank

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि माग गरेको आवेदनको फारम शुल्क खल्तीबाट तिर्र्न सकिने सुविधा संचालनमा ल्याएको छ । 

आवेदकहरुले विभिन्न पदको लागि नेपाल विद्युत प्राधिकरणको आधिकारिक वेबसाइटबाट आवेदन फारम भरि त्यसमा लाग्ने दस्तुर खल्तीबाट भुक्तानी गर्न सक्नेछन् । दरखास्त दिने मिति यहिँ भाद्र १८ देखि असोज ७ सम्म रहेको छ । 

यद्यपी, इच्छुक तथा योग्यता पुगेका उम्मेद्वारहरुले २०७८ असोज १४ गते सम्म दोब्बर दस्तुर तिरी अन्तिम दरखास्त दिन सक्नेछन् । 

कार्यालयमा धाईरहनु पर्ने वा लाइनमा घण्टौ बस्न पर्ने झन्झटलाई डिजिटल भुक्तानीको माध्यमद्वारा न्युनिकरण गर्ने हेतुले उक्त सेवा संचालनमा ल्याएको खल्ती डिजिटल वालेटका प्रबन्धक जोनाम भुर्तेलले जानकारी गराए । 

प्राधिकरणको आधिकारीक वेबसाइट बाट विभिन्न पदको लागि अनलाइन फारम भरीसकेपछि पेमेन्ट विकल्पमा खल्ती छनौट गरी त्यसमा लाग्ने शुल्क सजिलै भुक्तानी गर्न सकिन्छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved