सम्सारा रेमिटबाट पठाएको रकम सिँधै खल्तीमा

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 05, 2021 | 05:42:06 PM मा प्रकाशित

laxmi bank

डिजिटल वालेट कम्पनी खल्तीले रेमिट्यान्स कम्पनी सम्सारा रेमिटमार्फत् देश तथा विदेशबाट पठाएको पैसा खल्तीबाट सजिलै प्राप्त गर्न सकिने सेवा ल्याएको छ । 

यस सेवा कार्यान्वयनमा आएसँगै अब नेपालमा रही खल्ती मार्फत नेपालको जुनसुकै ठाउँमा सजिलै विदेशबाट पठाएको रकम पाउन र नेपाल भरिबाट पैसा पठाउन र पाउन सकिने बताईएको छ । 

 सम्सारा मार्फत् विदेशबाट प्राप्त गर्न सकिने राष्ट्रमा कतार, मलेसिया, फ्रान्स, लेबनान, इराक, दुबई, दक्षिण कोरिया, जर्मनी तथा मध्य पूर्व राष्ट्रहरु रहेका छन् । 

खल्ती बाट रेमिट्यान्स पठाउन वा प्राप्त गर्न ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्छ । त्यसै गरी नयाँ प्रयोगकर्ताहरुले पनि आफ्नो खल्ती एप डाउनलोड गरी केवाईसी भेरिफाई गरीसकेपछि रेमिट्यान्स प्राप्त गर्न वा पठाउन सक्नेछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved