खल्तीले गर्यो विद्युत प्राधिकरणसंग सम्झौता, महशुल तिर्न सहज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2021 | 09:52:50 AM मा प्रकाशित

laxmi  sunrise bank

खल्ती वालेटले सर्वसाधारण, साना, मझौला तथा ठुला उद्योगहरुलाई रू. ५ लाख सम्मको विद्युत महसुल खल्तीबाट तिर्न सहजीकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्रधिकरणसँग सम्झौता गरेको छ। सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप-कार्यकारी निर्देशक मनोज सिलवाल र खल्ती डिजिटल वालेटका प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका छन्।

खल्ती एपको होमपेजमा रहेको ‘इलेक्ट्रिसिटी’ आइकनमा गई सम्पूर्ण विवरण दाखिला गरिसकेपछि ‘गेट डिटेल्स’ बटन मा ट्याप गरी बिहान १० देखि मध्यरात १२ बजे सम्म सजिलै विद्युत महसुल भुक्तानी गर्न सकिन्छ। 

विद्युत प्राधिकरण सँगको उक्त सहकार्यले विद्युत महशुल तिर्न काउन्टर धाईरहनु पर्ने झन्झटलाई न्युनीकरण गर्न तथा खल्तीको आधुनिक सुविधाद्वारा सेवाग्राहीको समय बचत गर्न थप योगदान पुर्याउने विश्वास रहेको खल्ती डिजिटल वालेटका प्रबन्धक भुर्तेलले भनाई छ । 

'खल्ती' वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ  


  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved