फोनपेमार्फत बैंकमा २ लाखसम्म ट्रान्फर गर्दा १० रुपैयाँ मात्रै शुल्क लाग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2021 | 06:26:50 PM मा प्रकाशित

laxmi  sunrise bank

भुक्तानी प्रणाली सञ्चालक फोनपेको फोनपे डाइरेक्टमार्फत अन्तर बैंक रकम ट्रान्सफर गर्दा १० रुपैयाँ मात्र सेवा शुल्क लाग्ने भएको छ ।

फोनपे डाइरेक्टमार्फत १०० देखि २ लाखसम्मको रकम ट्रान्स्फर गर्दा अबदेखि १० रुपैयाँ मात्रै शुल्क लाग्ने भएको हो । यो शुल्क नेपालमा अन्तर बैंक करोबार गर्दा लाग्ने सबैभन्दा कम शुल्क हो ।  

यसअघि रकमको परिणाम अनुसार शुल्क लाग्दै आएको थियो । 

फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाईल नम्बर उल्लेख गरेर सहजै रकम पठाउन सकिन्छ । फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाईल एप्स्मा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरि  सहजै रकम पठाउन सकिनेछ ।

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् । फोनपेमा हालसम्म  ५ लाख भन्दा बढि मर्चेन्ट रहेका छन् । १ करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढि भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved