‘आइएमई पे’ र नियोटेरिक नेपालवीच सम्झौता, दसैं क्याम्पियन पनि सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2021 | 03:00:20 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र नियोटेरिक नेपालवीच सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता गरिएसँगै नेपालीहरुको महान चाड दसैं र तिहारलाई लक्षित गरि दसैं क्याम्पियन पनि सुरु भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दसैं क्याम्पियन ११ असोज देखि २० कार्तिक सम्म लागु हुनेछ । क्याम्पियन अन्तर्गत नियोटेरिक नेपाल, नेपालको नम्बर १ ग्याजेट डिस्ट्रिव्युटरको कुनै पनि ग्याजेट आइएमई पे मार्फत भुक्तानी गर्दा आकर्षक छुट साथै फ्री डेलिभरीको पनि व्यवस्था मिलाइएको छ ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved