इसेवाका ग्राहकसँग कोड मागेर ठगीको प्रयास, सचेत रहन कम्पनीको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2021 | 06:49:17 PM मा प्रकाशित

laxmi  sunrise bank

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले सचेत रहन आफ्ना ग्राहकहरुलाई आग्रह गरेको छ । केही अनधिकृत व्यक्तिहरुले ठगी गर्ने उद्देश्यले इसेवाका ग्राहकहरुलाई फोन गरी कोड मागेको इसेवाले जनाएको छ।

कम्पनीले भनेको छ 'केही अनधिकृत व्यक्तिहरुले ठगी गर्ने उद्देश्यले इसेवाका ग्राहकहरुलाई फोन गरी आफु इसेवाको प्रतिनिधी भएको र इसेवा खाता नविकरण, भेरिफिकेसन वा अरु कामको लागि कोड पठाएको भन्दै माग्ने गरेको व्यहोरा हाम्रो जानकारीमा आएको छ।'

यस्तो कुनै फोन वा म्यासेज आएमा, सजग रहन र कुनै पनि अवस्थामा उक्त कोड प्रदान नगर्न इसेवाले आग्रह गरेको छ। इसेवाले कहिले पनि ग्राहकसँग कुनै पनि कोड वा OTP नमाग्ने पनि इसेवाले प्रष्ट पारेको छ।

साथै यसरी फोन गरेर ठगी गर्नु दण्डनीय अपराध रहेकोले यस्तो कार्यमा संलग्न जो कोहीलाई पनि सम्बन्धित निकायसँग समन्वय गरी कानुनी कारबाहिको प्रकृया सुरु गरिसकेको इसेवाले जनाएको छ ।

May be an image of text

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved