सेन्चुरी बैंकको खाता खल्तीसँग लिङ्क गर्दा सय रुपैयाँ बोनस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2021 | 01:51:59 PM मा प्रकाशित

laxmi  sunrise bank

 सेन्चुरी बैंकको खाता ''खल्ती''सँग लिङ्क गर्दा सय रुपैयाँ बोनस प्राप्त हुने भएको छ। साथै, एक भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने मौका पाउने खल्तीले जनाएको छ। 


यो बोनस अफर पहिलो पटक सेन्चुरी बैंक अकाउन्ट 'खल्ती'सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुने छ भने प्रयोगकर्ता केवाईसी प्रमाणित प्रयोगकर्ता हुनुपर्नेछ। त्यसै गरि प्रयोगकर्ताको 'खल्ती' वालेट बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ।केही सेकेण्ड मै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सेन्चुरी बैंक अकाउन्टबाट 'खल्ती'मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिने खल्तीले जनाएको छ।

खल्तीका अनुसार यो रु. १०० बोनस अफर मंसिर ३ देखि ४ पुष २०७८ सम्म 'खल्ती' सँग सेन्चुरी बैंक लिंक गर्ने जोकोहिलाई लागु हुन्छ। अफरको बारेमा जानकारी दिदै 'खल्ती' डिजिटल वालेटका मार्केटिङ अफिसर साकार केसीले भने “हामीले मानिसहरूलाई डिजिटल भुक्तानीहरू प्रयोग गर्न प्रोत्साहित गर्न यो बोनस ल्याएका छौं। अब ग्राहकले पटक पटक पैसा लोड गर्ने झन्झट झेल्नु पर्दैन धेरै मानिसहरू यो सेवालाई बढी रुचाउँछन् दिन्छन् किनभने यसले उनीहरूलाई लिङ्क गरेको एक बैंकबाट कुनै पनि बैंक मा सेकेन्ड मै पैसा पठाउन सकिन्छ।"

यस्तो छ लिंक गर्ने तरिका : 


  • 'खल्ती' को होमस्क्रिनमा रहेको Link Bank Account’ मा ट्याप गर्ने 

  • त्यहाँ "लिंक बैंक टु खल्ती" मा ट्याप गर्नुहोस् 

  • सेन्चुरी बैंक छानी बैंक खाता नम्बर हाल्नुहोस् सब्मिटमा Tap गर्नुहोस् 

  • जानकारी ठिक भने लिंक बैंक kमा ट्याप गर्नुहोस् 

  • आफ्नो मोबाइलमा प्राप्त गर्नुभएको ओटिपी (भेरिफिकेसन कोड) भर्नुहोस् भेरिफाइमा ट्यापगर्नुहोस्

  • तपाईंको 'खल्ती'’ बाट बैंक खाता लिंक तुरुन्तै हुनेछ। 


यस लगायत ‘खल्ती’ मा थप १६ बैंक को खाता लिंक गर्न सकिने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved