खल्तीले पायो स्टार्टअप सक्सेस अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2021 | 10:02:50 AM मा प्रकाशित

laxmi  sunrise bank

डिजिटल वालेट  खल्ती (स्प्यारो पे प्रा.लि.) ले स्टार्टअप सक्सेस अवार्ड पाएको छ।  'न्यु बिजिनेस एज'द्वारा आयोजित “न्यु बिज स्टार्ट अप समिट एण्ड अवार्ड २०२१” मा खल्तीलाई स्टार्ट अप सक्सेस अवार्डद्वारा सम्मानित गरिएको हो। 


सम्मान ग्रहण गर्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने 'यस सम्मानको योग्य बन्न पुर्याउनु भएको योगदानको लागि सम्पूर्ण खल्ती परिवार,साझेदार, नेपाल राष्ट्र बैंक, व्यवसायी, एजेन्ट र प्रयोगकर्ताहरूलाई धन्यवाद दिन चाहन्छौं। सहजताको साथ वित्तीय साक्षरता र पहुँच, हरेक नेपाली माझ पुग्न केही समय लाग्नेछ । त्यहाँ नपुगुन्जेल हामी कडा परिश्रम गरिरहनेछौं।'


५ वर्षको यात्रामा खल्ती स्टार्टअपबाट एक सफल कर्पोरेट हाउस बनिसकेको उनले बताए । उनका अनुसार  हाल कम्पनीमा २३०+ जना खल्ती परिवार छन् भने ६०,०००+ व्यापारी तथा २० लाख+ खल्तीका प्रयोगकर्ताहरूले 'खल्ती'लाई विश्वास गर्दै आएका छन्।


प्रयोगकर्ताहरूले खल्ती मार्फत विभिन्न बिल भुक्तानी सेवाहरू, मोबाइल र DTH रिचार्ज, उडान र होटल बुकिङ, चलचित्र र कार्यक्रम टिकट, पत्रिकाको शब्स्क्रिप्शन , अनलाइन सपिङ साइट भुक्तानीहरू, र विभिन्न अन्य डिजिटल भुक्तानी सेवाहरू बीच बीमा प्रिमियम भुक्तानी सेवाहरू प्रयोग गर्न सक्नेछन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved