एनसीएचएल ले घटायो कनेक्टआईपीएस प्रणालीको कारोबार शुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2021 | 09:05:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ्ग हाउस, एनसीएचएल ले कनेक्टआईपीएस प्रणालीको कारोबार शुल्क घटाएको छ। यहि मङ्सिर ७ गतेदेखि लागू हुने गरि कनेक्टआईपीएस प्रणालीको कारोबार शुल्क घटाईएको एनसीएचएल ले जनाएको छ।

एनसीएचएल का अनुसार नयाँ कारोबार शुल्क बैंक, वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले कारोबार रकम बमोजिम दुई देखि रुपैयाँदेखि ८ सम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन्।  

रु.५०० सम्मको भुक्तानीमा प्रति कारोबार शुल्क रु २, रु ५०० भन्दा माथि रु.५,००० सम्म प्रति कारोबार शुल्क रु.४ र रु.५,००० भन्दा माथिको भुक्तानी रकममा कारोबार शुल्क रु.८ लागू हुने भएको छ। 

यसले ग्राहकहरुलाई एनसीएचएलका कनेक्टआईपीएस वेब मोबाईल एप, बैंक, वित्तिय संस्थाका मोबाईल÷इन्टरनेट बैंकिङ्ग वालेटमा फण्ड लोड विड्र लगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुने विश्वास गरिएको छ । कनेक्टआईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रति कारोबार शुल्क रु २ देखि ५ कायम रहेको छ।  

नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन बमोजिम डिजिटल भुक्तानीको थप प्रवर्दनका निम्ती एनसीएचएलले समय समयमा यथोचित रुपमा कारोबार शुल्क परिवर्तन गर्ने गरेको छ। 

हालै नेपाल राष्ट्र बैंकबाट बैंक÷वित्तिय संस्थाको मोबाईल बैंकिङ्गमा कारोबर शुल्क रु १० देखि अधिकतम रु ३० सम्म तोकिएको थियो । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नै कनेक्टआईपिएसमा कारोबार संख्या तथा कारोबार रकमको आधारमा २२५ प्रतिशत वृद्धी भएको छ।

त्यसै गरी उक्त प्रणालीमा हाल दैनिक औसत कारोबार संख्या एक लाख २७ हजार १२ जना तथा रकमको आधारमा दैनिक औसत  ८ अर्ब ३ करोड बराबरको रहेको छ । कारोबार शुल्कमा गरिएको यस परिवर्तनले वैकल्पिक च्यानलहरु मार्फत गरिने रियल टाइम भुक्तानीलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ।  

भुक्तानी पूर्वाधारहरु निर्माण गरी साझेदारीमा उपलब्ध गराउने एनसीएचएलको सिद्धान्त बमोजिम  एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग,   अन्तर्बैंक विद्युतीय भुक्तानी, लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरेर डिजिटल पेमेन्ट इकोसिस्टममा योगदान पुर्याउदै आएको छ ।

हाल कार्यान्वयन हुन गइरहेको नेशनल पेमेन्ट स्वीच मार्फत विभिन्न भुक्तानी पूर्वाधार, सेवा, प्रणाली एवम् उपरकरण बीच अन्तरआबद्धता कायम गर्न आवश्यक समन्वयका निम्ती पनि एनसीएचएलले सदस्य बैंक÷वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकसँग सहकार्यता गर्दैछ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved