यतीको फ्लाइट बुक खल्ती मार्फत गर्दा ४५० रुपैयाँ क्यासब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2022 | 02:34:05 PM मा प्रकाशित

laxmi  sunrise bank

भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले यती एयरलाइन्ससँगको साझेदारीमा रु.४५० को क्यासब्याक तुरुन्तै पाइने अफर ल्याएको छ । यो अफरको मुख्य उद्देश्य ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने र फ्लाइट बुकिङलाई सहज बनाउनु रहेको कम्पनीले जनाएको छ ।

खल्तीका अनुसार फ्लाइट बुकिङ्गमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ। बुकिङ गर्दाको बिल रकममा रु. १५० घट्नेछ भने बाँकि रहेको रु.३०० ‘खल्ती’ वालेट मा क्यासब्याक स्वरूप प्राप्त हुनेछ। यो अफर जनवरी १३ , २०२२ देखि फेब्रुअरी १५, २०२१ सम्म मान्य हुनेछ। फ्लाइट टिकट बुक भइ प्रयोगकर्ताहरूले आफ्नो खल्ती आईडीमा तत्काल क्यासब्याक पाउने कम्पनीले जनाएको छ।

यस अफरको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “यती एयरलाइन्ससँग मिलेर काम गरी प्रयोगकर्ताहरूका लागि फ्लाइट बुकिंग र डिजिटल भुक्तानीमा सजिलो सुविधा र पहुँच पुर्याउन पाउँदा हामी धेरै उत्साहित छौं।” 

त्यसैगरी, यति एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्टले भने, “हामी खल्तीसँग सहकार्य गर्न पाउँदा र प्रयोगकर्ताहरूलाई सहज फ्लाइट बुकिङको अनुभव प्रदान गर्न पाउँदा उत्शाहित छौं।”


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved