नेपाल बन्यो भारतको 'युपीआई' प्रयोग गर्ने पहिलो देश, गुगलपे र पेटिएमबाट कारोबार गर्न मिल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2022 | 01:30:56 PM मा प्रकाशित

laxmi  sunrise bank

गेटवे पेमेन्ट सर्विस प्रालिले अन्तरआबद्दता तथा मोबाइल फर्स्ट प्रबिधीमा आधारित युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल -UPI Nepal _ सन्चालनका लागि भारत स्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ।

उक्त सम्झौतासँगै अब बिभिन्न बैंक बित्तिय संस्था, भुक्तानी सेवा प्रदायक बीचमा अन्तरआबद्द बिद्युतिय भुक्तानीको सन्जाल सन्चालन गर्ने र भारतबाट बिभिन्न भुक्तानी सेवा प्रदायक (जस्तै पेटीएम, गुगलपे, फोनपे आदी) मार्फत नेपाल स्थित कुनै पनि बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्नसक्ने व्यबस्था गर्न लागिएको हो ।


साथै यस् सेवाको सुरुवात सँगै भारतियहरु नेपाल आउँदा क्यु–आरकोड स्क्यान गरी सजिलै भुक्तानी गर्नसक्ने र नेपालीहरुले भारतमा यात्रा गर्दा भारत–क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ। प्रारम्भिक चरणमा आगामी तीन महिना भित्र उल्लेखित सेवाहरु सुचारु हुने र एनपीसिआईले भारतमा सन्चालन गरिरहेको सम्पूर्ण सेवाहरु पनि क्रमिक रूपमा सुरुवात गर्दै जाने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले भनेको छ ' अन्तरआबद्दता तथा मोबाइल फस्र्ट प्रबिधीमा आधारित भुक्तानीको सन्जाल ग्एक्ष्, भारतमा एनपीसिआईद्वारा सन्चालनमा रहेको र त्यसले भारतको बिद्युतिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेकोमा उक्त प्रबिधीमा आधारित UPI NEPAL ले बिद्युतिय भुक्तानीलाई अर्को श्रेणीमा लैजाने र नेपाललाई नगदरहित समाजमा रुपान्तरण गर्न ठुलो टेवा पुर्याउने कुरामा विश्वस्त रहेको जानकारी गराउन चाहन्छौ। 

यो सम्झौतासंगै नेपाल भारतको युपीआई प्रणालीसँग जोडिने पहिलो देश बनेको छ। यस आबद्दताले नेपालको डिजिटल अर्थतन्त्र थप बलियो हुने अपेक्षा गरिएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved