फोनपेको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2022 | 03:51:33 PM मा प्रकाशित

laxmi  sunrise bank

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त भएका छन् । 

नवनियुक्ता दासलाई बुधवार फोनपेका प्रमुख सञ्चालन अधिकृत सिद्धान्त ठकुरीले स्वागत गरेका छन् । 

दास यसभन्दा अगाडी नेपालको चर्चित ब्राण्ड कोकाकोलामा  आबद्ध थिए । उनी कोकालामा १२ वर्ष भन्दा लामो समयसम्म एरिया सेल्स् म्यानेजर,कोल्ड ड्रिङ्गस् इक्युपमेन्ट म्यानेजर, रिजनल सेल्स् म्यानेजर,टे«ड मार्केटिङ हेड लगायतको भूमिकामा रहेका थिए ।

फोनपेमा उनले विजनेस डेभलपमेन्टका साथै मर्चेन्ट एक्टिभेसन लगायत बजार प्रवद्र्धनको कार्य संहाल्नेछन् । 

डिजिटल नेपालको परिकल्पना गर्दै साढे २ वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल करिब ६ लाख मर्चेन्ट रहेका छन् । बैंंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् । फोनपे नेटवर्कमा हाल ६० वटा बैंक तथा वित्तीय संस्था तथा भुक्तानी प्रणाली सञ्चालक आवद्ध छन्  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved