कनेक्ट आइपीएसको 'नयाँ बर्ष, नयाँ युजर अफर' योजना: पैसा फिर्तादेखि माउन्टेन फ्लाइटको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2022 | 11:35:18 PM मा प्रकाशित

laxmi  sunrise bank

कनेक्ट आइपीएसले एक महिनासम्म लागू हुनेगरि 'नयाँ बर्ष, नयाँ युजर अफर' ल्याएको छ। २०७९ साल बैशाख १ देखि बैशाख ३१ गतेसम्म लागूगरि यो अफर ल्याइएको कनेक्ट आइपीएसले जनाएको छ। 

यस योजनाअनुसार बैंक वित्तीय संस्थाका ग्राहकहरुले कनेक्ट आइपिएसमा अनलाइन रजिष्टर गरि कम्तिमा एउटा खाता लिंक गरि सो खाता बैंकबाट भेरीफाई गराउँदा रु एक सय रुपैयाँ खातामा फिर्ता पाउनेछन। 

त्यसै गरि यस योजना अन्तर्गत ११ जना लक्की विजेताले माउन्टेन फ्लाइटको कपल टिकेट जित्ने मौका पनि प्राप्त गर्न सक्ने कनेक्ट आइपीएसले जनाएको छ। 

बैंकका ग्राहकहरुले कनेक्ट आइपिएसमा यसको वेबसाइटमा वा यसको मोबाइल एप मार्फत रजिष्टर गरी आफ्नो खाता लिन्क गरी नजिकैको बैंक शाखाबाट वा अनलाइनबाटै 'सेल्फ भेरीफाई' गराउन सक्नेछन।                                                           

पहिलेनै युजर बनाएर पहिलो खाता लिङ्क र भेरिफाई गराउने बैंक ग्राहकले पनि सो अफर अन्तर्गत रु.१०० भेरिफाई गरिएको खातामा प्राप्त गर्न सक्दछन् । अफरको अन्त्यमा छानिएका ११ भाग्यशाली विजेताहरुको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved