आइएमई पे र गोल्डस्टारवीच सम्झौता: गोल्डस्टार जुत्तामा ३० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2022 | 06:24:06 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र गोल्डस्टारवीच सम्झौता भएको छ । हालै राजधानी काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो । 

सम्झौता अनुसार गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुत्तानी गर्दा ३०% देखि रू. ३०० सम्मको छुटको व्यवस्था मिलाइएको छ । सम्झौता पत्रमा आइएमई पे को तर्फबाट सहायक महाप्रबन्धक श्री प्रमोदमान सिँह बस्नेत र गोल्डस्टारको तर्फ बाट ई–वाणिज्य प्रमुख श्री प्रवेश मिश्राले हस्ताक्षर गरेका छन्  ।  

कम्पनीका अनुसार २३ बैशाख २०७९, शुक्रबारका दिन देखि सुरु हुने यो सिमित समयको अफर हो जसमा गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा वेब चेक आउटमा र गोल्डस्टार जुत्ताका भौतिक आधिकारिक शोरुमहरूमा स्मार्ट  क्युआर मार्फत भुक्तानी गर्दा ३०% देखि रु ३०० सम्मको छुट रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved