सेल पेको ‘चुट्कीमै हुन्छ कमाल’ अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2022 | 05:57:04 PM मा प्रकाशित

laxmi  sunrise bank

भुक्तानी सेवा प्रदायक सेल पेले आकर्षक अफर ल्याएको छ । अफरमा ग्राहकहरूले आफ्नो बैंक खाता सेल पेमा मा लिंक गरी रु १०१ को वालेट ब्यालेन्स तत्काल प्राप्त गर्न सक्नेछन्।

साथै ग्राहकले हरेक हप्ता रु ५००० को सेल पे कार्ट भाउचर कुपन जित्ने मौका पनि पाउँछन्।

यो अफर १५ मे २०२२ बाट सुरु हुन्छ र १६ अगस्ट २०२२ अन्त्य हुनेछ।

प्रक्रिया

प्ले स्टोररएप स्टोरबाट सेलपे एप डाउनलोड गर्नुहोस् ।

यदि तपाइँ नयाँ प्रयोगकर्ता हुनुहुन्छ भने साइन अप गर्नुहोस् नत्र लगइन गर्नुहोस् ।

साइन अप गर्नका लागि आवश्यक विवरणहरू टाईप गर्नुहोस् र सबमिट गर्नुहोस् । तपाईंले फोन प्रमाणीकरणको लागि इत्ए कोड प्राप्त गर्नुहुनेछ। त्यो कोड टाईप गर्नुहोस् र सबमिट क्लिक गर्नुहोस्। त्यसपछि सेलपेमा तपाईको प्रोफाइल बनाइनेछ।

साइन अप गरेपछि केवाईसी अपडेट गर्नुहोस्।

केवाईसी अपडेट गरेपछि म्यानेज अकाउण्टमा जानुहोस् र आफ्नो सुविधाको बैंक लिंक गर्नुहोस्।

तपाईको आफ्नो बैंक सेलपेमा प्रथम पटक लिंक भएपछि तपाईंले १०१ को वालेट ब्यालेन्स तत्काल प्राप्त गर्नुहुनेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved