स्मार्टच्वाईस टेक्नोलोजिज र फर्स्ट पेवीच स्मार्ट अन्तर आवद्धताको लागि सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2022 | 02:53:31 PM मा प्रकाशित

laxmi  sunrise bank

 स्मार्टच्वाईस टेक्नोलोजिज र फर्स्ट पेवीच स्मार्ट अन्तर आवद्धताको लागि सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फस्र्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआरवीच अन्तर आवद्धताको लागि सम्झौता सम्पन्न भएको  हो।

सम्झौतामा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र फर्स्ट पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  सौरभ रिजालले सो सेवा सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैंकद्वारा २०७८ माघमा जारी गरेको परिपत्रका आधारमा सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकलाई अन्तर आवद्धताको लागि दिएको निर्देशन अनुरुप यो सम्झौता सम्पन्न भएको हो । बिगत २० वर्षदेखि कार्ड लगायत भुक्क्तानीका बिभिन्न सेवा दिँदै आइरहेको स्मार्टच्वाईस टेक्नोलोजिज र युनियन पेमा आबद्ध भुक्क्तानी संयन्त्रमार्फत कारोबार गर्न सकिने क्यूआर सेवा प्रदान गर्दै आएको फस्र्ट पे टेक्नोलोजिजवीच भएको यो सहकार्यले भुक्तानी क्षेत्रको समग्र विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ । 

यस सम्झौता पश्यात फर्स्ट पे क्यूआरको सुविधा लिएका बिभिन्न व्यापार—व्यवसायलाई स्मार्ट क्यूआरको नेटवर्क अन्तरगत रहेको भुक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ्ग एप मार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्क्तानी गर्न सक्छन भने स्मार्ट क्यूआर मार्फत भुक्तानी लिदै आएका व्यापार–व्यवसायले फर्स्ट पे नेटवर्कमा आबद्ध ग्राहकहरु मार्फत पनी भुक्तानी लीन मिल्ने भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved