कनेक्ट आईपीएसको नयाँ अफर: हरेकलाई ५० को रिचार्ज, १ जनालाई इलेक्ट्रिक स्कूटर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2022 | 09:32:28 AM मा प्रकाशित

laxmi  sunrise bank

कनेक्ट आईपीएसले बैक वित्तीय संस्थाका ग्राहकहरुलाई प्रणालीमा आबद्ध हुन connectIPS " Electrifying Offer" ल्याएको छ। कम्पनीले असार १ गतेबाट ३२ गतेसम्म लागू हुने गरी यो अफर ल्याएको हो ।

यस अफर अन्तर्गत बैक वित्तीय संस्थाका ग्राहकहरुले कनेक्ट आईपीएसमा अनलाइन रजिष्टर गरी, आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बर तथा इमेल भेरिफाई गराउँदा सोही मोबाइल नम्बरमा रु ५० को रिचार्ज पाउन सक्ने कम्पनीले जनाएको छ। त्यसै गरी अफरको अन्त्यमा इलेक्ट्रिक स्कूटर जित्ने १ जना भाग्यशाली विजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने छ ।

बैकका ग्राहकहरुले connectIPSमा www.connectips.com वा यसको मोबाइल एप (http://onelink.to/connectips) मार्फत रजिष्टर गर्न सक्दछन् । यो अफर connectIPSमा नयाँ रजिष्ट्रेसन गर्ने बैंक वित्तीय संस्थाका ग्राहकका लागि मात्र लागू हुनेछ ।

सोहि बैंक खाताबाट फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानी गर्न सकिने गरी बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई उपलब्ध रहेको connectIPS एक भन्दा बढी बैंक खाता लिन्क गर्न सकिने प्ल्याटफर्म हो । यसले दैनिक औसत १०.८ अर्ब बराबरको भुक्तानी कारोबार फर्छयौट गर्ने गरेको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved