आइएमई पे बाट हवाई टिकट काट्दा उच्च क्यास ब्याक सहित ३०० रुपैयाँ बोनस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2022 | 02:13:59 PM मा प्रकाशित

laxmi  sunrise bank

 आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित “आइएमई पे"ले हवाई उडान टिकटमा फेरि पनि नयाँ अफर ल्याएको छ । कम्पनीले “उच्च तापक्रममा उच्चत्तम छुट" नामक “फ्ल्यास सेल" नामको अफर ल्याएको हो ।

यस अफर मार्फत यात्रुहरुले मंगलवार र शनिवारको दिन दिउँसोको ३ बजे देखि ४ बजे सम्म आइएमई पे एपबाट हवाई उडान टिकट काट्दा दैनिक हाइएस्ट क्यासब्याकको साथै थप रु. ३०० बोनस पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ  । साधारणतया अरु वालेट एपहरु भन्दा बढि क्यासब्याक दिइरहेको आइएमई पे एपले यस अफर अवधि भरि हप्ताको २ दिन (मंगलवार र शनिवार ) केवल १ घण्टाको लागि सो अफर मार्फत थप रु. ३०० बोनस यात्रुहरुलाई प्रदान गर्ने यस कम्पनीले प्रष्टाएको छ ।

कम्पनीका अनुसार असार ७ गते देखि शुरु भएको यस अफर मार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा सो बोनस प्राप्त गर्न सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved