चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट सजिलै भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2022 | 02:00:03 PM मा प्रकाशित

laxmi  sunrise bank

 चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ ।  आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा शुभारम्भ गरेसँगै नगरपालिकाका सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एप मार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर आइएमई पे मार्फत घर बहाल कर, सम्पति कर र व्यवसायिक कर तिर्न भुक्तान गर्न सक्नेछन्।

नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी विद्युतीय कर भुक्तानी सेवा शुरु गरेको हो । उक्त कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले विज्ञान प्रविधिको युगमा नगरपालिकाले शुरु गरेको विद्युतीय कर भुक्तानी  सेवाले आम सेवाग्राहीहरुलाई नगरपालिकाको कर भुक्तानी गर्न सजिलो मात्र नभई संसाधनको समेत बचत हुने र नगरपालिका र वडाहरुमा सेवाग्राहीहरुको चाप पनि कम हुने बताउँदै सबै वडाका प्रतिनिधि तथा कर्मचारीहरु यो सेवाको प्रवर्द्धन गर्न लागि पर्नु पर्ने बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved