एनएमबी क्यापिटल पनि नेशनल पेमेन्ट स्वीचमा आवद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2022 | 06:29:18 PM मा प्रकाशित

laxmi bank sanima

एनएमबी क्यापिटल लिमिटेड पनि नेशनल पेमेन्ट स्वीचमा आवद्द भएको छ । क्यापिटलले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच औपचारिक कार्यक्रममा सम्झौता भएको हो ।

सम्झौता पत्रमा एनएमबी क्यापिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्य र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात एनएमबी क्यापिटलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (NPI) सँग जोडी नेशनल पेमेन्ट स्वीच (NPS) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ । सो अन्तर्गत एनएमबी क्यापिटलले NCHL-IPS र connectIPS प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी तथा सम्बन्धीत कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछन् ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको NPI मा हाल ५९ सदस्य बैक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/ पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरु लगायतका ७३ गैर-बैकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।

एनएमबी क्यापिटल लिमिटेड (NMDCL) मर्चेन्ट एण्ड इन्भेष्टमेन्ट बैकिङ्गको क्षेत्रमा एनएमबी बैंक लिमिटेडको पूर्ण स्वामित्व रही एक दशक भन्दा लामो समय देखि सञ्चालनमा रहेको सहायक कम्पनी हो।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved