आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गर्दा १ लाख जित्ने मौका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2022 | 03:43:10 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पे र फोन पेबीच समझदारी भएको छ । सम्झौता पत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराइ फोनपेका तर्फबाट बिज्नेस डेव्लप्मेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

समझदारी अनुसार  क्युआर स्क्यानमा १ लाखसम्म जित्न सकिने अवसर हुनेछ भने त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्था मिलाइएको छ । 

नेपालको महान चाडपर्वको अवसर पारी फोनपेले दशैँमा १० दिनको र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेको छ । जस मार्फत प्रयोगकर्ताहरुले हरेक दिन आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्दा १ लाख जित्ने मौका पाउने छन् । 

यसको साथै यहि असोज १४ गते पर्ने आइएमई पेको ‘क्युआर डे’ मा प्रयोगकर्ताहरुले आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १०% छुट (अधिक्तममा रु. १००) पनि प्राप्त गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved