भाटभटेनी सुपरमार्केटमा नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी सेवा सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2022 | 07:35:37 PM मा प्रकाशित

laxmi  sunrise bank

भाटभटेनी सुपरमार्केटमा पनि अब नेपाल पे क्यु आर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । ग्राहकले नेपाल पेको सेवा जोडिएको कुनै पनि मोबाइल बैकिङ्ग, वालेट अथवा कनेक्टआइपिएस मार्फत स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्ने भएका हुन्।

भाटभटेनीमा माछापुच्छे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान सोलुसन्स्को सहकार्यमा उक्त सेवा सुचारु गरिएको हो । उक्त स्टोरमा डायनामिक नेपाल पे क्युआर राखिएको हुँदा ग्राहकले सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्ने नेपाल पेले जनाएको छ।

नेपाल पेका अनुसार ग्राहकले आफ्नो मोबाइल बैकिङ्ग वा वालेटबाट नेपाल पे चल्ने यकिन गर्न उक्त एपको क्युआर स्क्यान स्क्रिनमा नेपाल पेको लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ । हाल उक्त सुविधा एभरेस्ट बैंक, हिमालयन बैंक, माछापुच्छे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेल्पे , मोरु  गरी १२ वटा मोबाइल बैंकिङ्ग, २ वटा वालेट र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ ।

नेपाल पे क्युआरमा बैंक वित्तीय संस्थातथाभुक्तानी सेवाप्रदायकमार्फत हाल सम्म ७० हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध भइसकेका छन्। नेपाल क्लियरिङ्ग हाउस लि.ले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल-क्यूआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्युआर सञ्चालनमा ल्याइएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved