स्मार्ट र नेपालपे क्युआर बीच अन्तरआबद्धता कायम, दुवै सँस्थाका ग्राहकलाई भुक्तानीमा थप सहजता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2022 | 10:21:24 AM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टच्वाईस टेक्नोलोजि लिमिटेड (एससिटि) तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच नेशनल पेमेन्ट स्वीच मार्फत क्युआर अन्तरआबद्धता कायम भएको छ। यस सम्बन्धि सम्झौतामा दुवै संस्थाका प्रमुख कार्यकारीले सम्झौतापत्रमा हस्ताक्षर समेत गरेका छन। 

उक्त सम्झौतापत्रमा एससिटि का प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुँजु तथा एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिह प्रधानले हस्ताक्षर गरेका छन्। 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका अन्य पदाधिकारीहरु तथा  एनसीएचएलका सञ्चालक समितिका सदस्य लगायतको उपस्थिति थियो। 

एससिटि तथा एनसीएचएल बीचको यो सम्झौतालाई क्युआर अन्तरआबद्धताको क्षेत्रमा एक महत्वपूर्ण कोषेढुङ्गाको रुपमा लिइएको छ । यसले क्युआर सम्बन्धी भुक्तानीलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ । 

उक्त सम्झौता पश्चात स्मार्ट क्यूआर उपलब्ध रहेका मोबाईल बैंकिङ्ग वा वालेटका ग्राहकहरुले नेपाल पे का मर्चेन्टहरुलाई  क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । त्यसै गरी नेपाल पे को क्युआर उपलब्ध रहेका मोबाईल बैंकिङ्ग, वालेट वा कनेक्ट आइपिएसका प्रयोगकर्ताहरुले पनि स्मार्ट क्यूआरका मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् । यसरी ग्राहकहरुलाई दुबै नेटवर्क भित्रका क्युआर सम्बन्धी भुक्तानी गर्न सहज हुने छ भने बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई पनि छुट्टै मर्चेन्ट आबद्ध गराउन आवश्यक हुने छैन । हाल नेपाल पे मा ७० हजार भन्दा बढि र स्मार्ट क्यूआर मा १ लाख ६० हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध रहेका छन् ।

नेपाल क्लियरिङ्ग हाउस लि ले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यु आर सञ्चालनमा ल्याइएको हो । क्युआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे क्यु आर ले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । नेशनल पेमेन्ट स्वीचका निम्ती हाल हाल सम्म ५७ वाणिज्य बैंक , ५ विकास बैंक  १२ फाइनान्स कम्पनी तथा १३ भुक्तानी सेवा प्रदायकहरुले सम्झौता पनि गरिसकेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved