सिटी एक्सप्रेसबाट पैसा पठाउँदा कोरिया गएकी रिनाले जितिन् १ तोला सुन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2022 | 11:28:03 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटी एक्सप्रेस मनी ट्रान्सफरले “बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ” योजना अन्तर्गत पहिलो महिनाको १ तोला सुन बिजेताको नाम घोषणा गरेको छ । कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिटान्स पठाउने रीना कुमारी तामाङले १ तोला सुन जित्न सफल भएकी छिन् ।

सोही योजना अन्तर्गत भदौ १५ देखी असोज ११ गते सम्म अन्य चार जनाले साप्ताहिक उपहार १०÷१० तोला चाँदी जित्न सफल भैसकेका छन् । साउदी अरबबाट नरेश यादव , कुवेतबाट शम्भु बहादुर सार्र्की नेपाली, जापानबाट उज्ज्वल पुडासैनि साथै मलेशियाबाट रेमिटान्स पठाउने पुरण रोक्का गरी ४ जनाले १०÷१० तोला चाँदी जित्न सफल भैसकेका छन् । 

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६३ दिन सम्म चल्ने “बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ” उपहार योजना घोषणा गरेको थियो  । सोही योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै  ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई  आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस “बिदेशबाट सिटी आयो ,दशैं तिहारलाई गोल्डेन बनायोे” अफर भदौ १५ गते देखि कार्तिक १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved