आइएमई पे र मेरो किरानावीच छुट सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2022 | 02:55:23 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पे र मेरो किरानावीच छुट सम्बन्धि सम्झौता भएको छ । मेरो किरानाको महाबचत सेललाई लक्षित गरी ग्राहकलाई छुट दिन सम्झौता भएको हो  ।

सम्झौता अनुसार ग्राहकहरुले मेरो किरानाको वेबसाईट अथवा एपबाट किराना सामानहरु खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५% छुट (एक पटकमा अधिक्तम रू. ३०० सम्म) प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यद्यपि, ग्राहकहरुले महाबचत सेल विकमा मात्र नभइ कुल रू. ६०० सम्मको छुट पाउन सक्ने कम्पनीले उल्लेख गरेको छ। 

आ–आफ्नो क्षेत्रमा अग्रज रहेका आइएमई पे र मेरो किरानाको सो सम्झौता पश्चात नेपाली जनताहरुलाई डिजिटल प्रविधिमा प्रवेश गर्न अथवा जारी राख्न अझै सहज हुने दुवै कम्पनीले विश्वास लिएका छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved