निर्धन उत्थान लघुवित्त पनि नेशनल पेमेन्ट स्वीचमा आवद्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2023 | 05:12:15 PM मा प्रकाशित

laxmi bank

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था पनि नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ ।  निर्धन उत्थान लघुवित्तले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेपाल क्लियारिंग हाउससँग सम्झौता गरेको हो।

सम्झौता पत्रमा निर्धन उत्थान लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्त र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।  

उक्त सम्झौता पश्चात निर्धन उत्थान लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी नेशनल पेमेन्ट स्वीच अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ । यस अन्तर्गत निर्धन उत्थान लघुवित्तले आईपीएस, कनेक्ट आईपीएस लगायतका प्रणाली मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायतका विभिन्न संकलनका करोबारहरु तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्ने कम्पनीले जनाएको छ।        


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved