वार्षिकोत्सवमा इसेवाको अफर: मेरोशेयर 'रिन्यू'मा पुरै क्यासब्याक, बैंकखाता लिंक गर्दा १४० बोनस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2023 | 07:07:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ ले १४ वर्ष पुरा गरेर १५ औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न अफरहरु सार्वजनिक गरेको छ । १४ औँ वार्षिक उत्सवको अवशरमा इसेवाले बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म लागु हुने कारोबारमा विभिन्न अफरहरू सार्वजनिक गरेको हो ।

इसेवाका प्रमुख म्यानेजर आशिष गौतमले अफरबारे जानकारी दिएका हुन् । उनका अनुसार पुरानो प्रयोगकर्ता र नयाँ दुबैलाई हुने गरि अफर ल्याइएको छ ।

यस्ता छन् अफरहरु: 

१) बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउन्ट इसेवामा लिंक गरेमा रू १४० क्यास बोनस पाइने ।
२) बिहान १० देखि ११ बजेसम्म डाइमण्ड अफर सञ्चालन हुनेछ । जसमा एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली विजेताले हिरा उपहार पाउने।
३) ११ देखि १२ बजेसम्म मुभि आवर सञ्चालन हुने । यो अवधिमा मुभि टिकट खरिद गर्दा २०० रिवार्ड पोइन्ट प्राप्त गर्न सकिनेछ ।
४) १२ बजेसम्म होटल बुक अफर सञ्चालन हुने । यो अवधिमा होटल बुक गर्दा विभिन्न होटलमा कोठाहरु निशुल्क प्राप्त गर्न सकिने ।
५) १ देखि २ बजेसम्म भौचर मेला आवर सञ्चालन हुने । जसमा विभिन्न किसिमका डिस्काउन्ट भौचर प्राप्त गर्न सकिने ।
६) २ बजेदेखि ३ बजेसम्म क्यासब्याक अफर सञ्चालन हुने । यस अवधिमा मोबाइल टपअप,एयरलाइन्स् टिकट,इन्टरनेट टिभिको बिल भुक्तानी, विद्युत् महशुल भुक्तानीमा १४ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिने ।
७) ३ देखि ४ बजेसम्म मेरोसेयर अफर सञ्चालन हुनेछ । यो अवधिमा रु ५० सम्मको शतप्रतिशत क्यासब्याक प्राप्त गर्न सकिने ।

यसैगरी इसेवाले आफ्नो वार्षिक उत्सवको अवसरमा छात्रवृति कोष समेत सञ्चालन गरेको छ । यसको राशी र प्रक्रियाका विषयमा केही समय पछि एक कार्यक्रम मार्फत जानकाारी गराउने इसेवाले जनाएको छ । 

हेर्नुस् भिडियो: 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved