नेपालकै पहिलो ‘पेमेन्ट कार्ड’ ल्याउँदै एनसीएचएल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2023 | 03:40:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) एकीकृत (युनिफाइड) डेबिट कार्ड सञ्चालनको तयारीमा जुटेको छ । उक्त कार्ड सञ्चालनमा आयो भने नेपालकै पहिलो एकीकृत पेमेन्ट कार्डको रुपमा नाम दर्ता हुनेछ ।

नेशनल पेमेन्ट स्विचअन्तर्गतको पहिलो चरणको काम सम्पन्न भएको र दोस्रो चरणमा एकीकृत डेबिट कार्ड सञ्चालनको प्रक्रिया शुरु गरिएको एनसीएचएलले जनाएको छ । एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमा दर्जन बढी बैंक तथा वित्तीय संस्थाहरु आबद्ध छन् । नेपाल क्लियरिङ हाउसलाई नेशनल पेमेन्ट स्वीच सञ्चालनका लागि नेपाल राष्ट्र बैंकले अघिल्लो वर्ष स्वीकृति दिएको थियो । 

अहिले बैंकका ग्राहकलाई खातापिच्छे एउटा डेबिट कार्ड उपलब्ध गराइने हुँदा यसको सञ्चालन तथा अन्य लागत खर्च बढिरहेको छ । यस्ता शीर्षकमा ठुलो पैसा बाहिर जाने भएकाले एकीकृत डेबिट कार्ड सञ्चालनको तयारी गरिएको एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेषमान सिंह प्रधानले बिजपाटीलाई बताए । 

“यो कार्ड सञ्चालन भएपछि हरेक ग्राहकसँग बैँकले अहिले उपलब्ध गराउँदै आएका विभिन्न कम्पनीका डेबिट कार्ड वा एकीकृत कार्ड लिने विकल्प हुनेछ”, उनले भने, “एनसीएचलले सञ्चालनमा ल्याउने डेबिट कार्डको प्रयोगले अहिले डेबिट÷क्रेडिट कार्डको नाममा बाहिर जाने ठुलो वैदेशिक मुद्रा स्वदेश मै बचत हुने तथा लागत पनि कम हुनेछ ।”

कार्डको नाम के राख्ने भन्नेबारे कुनै निर्णय भइसकेको छैन । एनसीएचएलले सञ्चालनमा ल्याएको नेपाल–पे क्युआर कोर्ड जस्तै नेपाल–पे कार्ड वा त्यस्तै अरु नाम राखिने सीइओ प्रधानले बताए । 

सीइओ प्रधानकाअनुसार यसलाई ‘पेमेन्ट कार्ड’ (भिजा, युनियन–पे भने जस्तै) नेपालको आफ्नै छुट्टै पेमेन्ट कार्ड भन्न सकिन्छ । उनले नेपालभित्र सफलतापुर्वक सञ्चालनमा ल्याउँदा प्रयोगको लागत र कार्डमा एकीकृत प्रणाली हुने जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved