आइएमई पे र युनिमनी एक्सचेन्ज कतारबीच सम्झौता, आईफोनदेखि सुन जित्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2023 | 12:10:10 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पे र विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारवीच सम्झौता भएको छ । युनिमनीको " सेन्ड मनी अन्लाईन एन्ड विन बिग ” क्याम्पेनमा प्रमोसन पार्टनरको रुपमा समझदारी भएको हो ।

सम्झौता अनुसार विन बिग क्याम्पियनमा सम्पुर्ण सेवाग्राहीहरू युनिमनि कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टल मार्फत आइएमईमा पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आईफोन १४ प्रो , ५ जना विजेताले सामसुङ ग्यालेक्सी एस २२ अल्ट्राको साथै ३० जना सेवाग्राहीहरूले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सोही क्याम्पेनको अवधि १५ मार्च २०२३ देखि १५ मे २०२३ सम्म जम्मा ६२ दिनका लागि लागु हुनेछ।

उक्त क्याम्पेन सँगै युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पे वालेटमा रू. ५० सम्मको बोनस सुविधा यथावत नै रहने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अनलाइन च्यानलहरुको प्रवर्द्धन गर्नको लागि तयार पारिएको सो क्याम्पेनको विजेता घोषणा विद्युतीय माध्यमबाट छनोट हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved