सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अलजजिरा बीच रेमिट्यान्स सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2024 | 04:23:07 PM मा प्रकाशित

 युएईको ख्यातिप्राप्त अलजजिरा एक्सचेन्ज र नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार शुरु भएको छ ।

दुई कम्पनी बीच भएको सम्झौता अनुसार युएईमा रहेका नेपालीहरुले अलजजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्ना आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

सम्झौतापश्चात नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५ हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ । यसबाट नेपालका जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिन्छ ।

यस सम्झौताका आधारमा युएईमा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सहज र गुणस्तरीय विप्रेषण सेवा प्रदान हुने विश्वास कम्पनीले लिएको छ ।कम्पनीले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै मात्र कम्पनीले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा र रेमिट्यान्स भुक्तानी सुचारु गरेको छ । 

अलजजिरा एक्सचेन्जबाट पठाएको रकम सिटी पे वालेटमार्फत प्रोमोकोड १०० प्रयोग गरी भुक्तानी लिंदा  १०० रुपैयाँसम्म बोनस पाउन सकिने कम्पनीको भनाइ छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved