के हो गूगल प्लेस्टोरबाट ई- सेवा एप गायब हुनुको कारण ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2024 | 09:16:34 PM मा प्रकाशित

डिजिटल भुक्तानी सेवा प्रदायक ई- सेवाको एप प्ले स्टोरबाट गायब भएको बिषयमा कम्पनी बोलेको छ।ई- सेवा संचालनमा रहेको कम्पनीको 'स्ट्याटस' अपडेट गर्ने क्रममा यस्तो हुन गएको कम्पनीले जनाएको छ।

ई- सेवाका चिफ बिजनेश अफिसर आशिस गौतमकाअनुसार ई- सेवा प्राइभेट लिमिटेडबाट ई- सेवा लिमिटेडमा परिणत भईसकेकोले सोहिअनुसार प्ले स्टोरमा अपडेट गर्न खोज्दा प्ले स्टोरबाट गायब भएको जस्तो देखिएको हो। 

उनकाअनुसार अहिले ई- सेवा प्रालिबाट ई- सेवा लिमिटेडको नाम गुगल प्ले स्टोरमा अपग्रेड हुने क्रममा रहेकाले गायब भएको जस्तो देखिएको हो। अपग्रेडको लागि गुगल प्ले स्टोरसंग सम्पर्क भईसकेकाले अबको २४ घण्टामा नै गुगलले अपग्रेड गरिसक्ने भएकाले बुधबार दिउँसोसम्म प्लेस्टोरमा देखिनेछ। 

यद्दपि प्ले स्टोरमा नदेखिएकै कारणले ई- सेवा एप डाउनलोड गरेर चलाइरहेका पुराना ग्राहकहरुलाई कुनै असर नपर्ने आशिस गौतमको भनाई छ।

ई- सेवाको मोबाइल एप साँझ सोमबार ७ बजेपछि गायब भएको अनुमान गरिएको छ । एकाएक प्लेस्टोरबाट ई- सेवा गायब हुँदा आज दिनभर सामाजिक संजालदेखि चिया पसलसम्म ई- सेवाको चर्चा थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved