आइएमई पे एपमार्फत हवाई टिकट काट्नेको संख्या वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2024 | 03:51:40 PM मा प्रकाशित

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचरमार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्यामा उत्साहजनक रुपमा वृद्धि भइरहेको छ ।

सहज फिचर सँगसगै प्रयोगकर्ताहरूले कल तथा इमेल मार्फत् पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पेले उपलब्ध गराएको यो सेवामा ग्राहकको संख्या बढेको हो ।

अझै अहिले मनसुनको समयमा मौसमको फेरबदल भइरहँदा आइएमई पेमार्फत प्राप्त भएको यस रिफन्डेबल टिकट फिचरले ग्राहकहरुलाई ढुक्कले यात्राको लागि टिकट खरिद गर्ने हौसला प्रदान गरेको कम्पनीले बताएको छ ।

आइएमई पे एपमार्फत प्रयोगकर्ताहरूले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई टिकट काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट रिफन्डेबल फिचर पनि पाउँन सकिन्छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक हवाई टिकटमा टिकट रिफन्डेबल फिचरमा प्रयोगकर्ताहरूको बढ्दो संख्याले र उत्साहले अझै सेवाहरू थप्न कम्पनी उत्साहित भएको बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved