आइएमई पेले पायो ‘पीसीआई डीएसएस-४.०’ प्रमाणीकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2024 | 09:47:04 AM मा प्रकाशित

आइएमई डिजिटल सोलुसनको आईएमई पेले हालै सिसा ‘पीसीआई डीएसएस- ४.०’  प्रमाणीकरण पाएको छ ।

यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै पहिलो पीसीआई डीएसएस ४.० प्राप्त गर्ने संस्था हुनुको साथै  सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको छ ।

स्थापनाकाल देखिनै सेवाग्राहीहरूको व्यक्तिगत जानकारी तथा विवरणहरूको विशेष सुरक्षा गर्दै आएको ‘आईएमई पे’ ले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटीमार्फत पीसीआई डीएसएसको मापदण्ड गरेवापत उक्त प्रमाणीकरण प्राप्त गरेको कम्पनीले बताएको छ ।

सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नवीकरण गरिन्छ। यसैक्रममा यो वर्ष पनि आइएमई पेले सिसा पीसीआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरू पार गरेर नवीकरण गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved