आइएमईको सीईओमा दिवाकर पौडेल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2024 | 05:14:17 PM मा प्रकाशित

nepal oil ltd

आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दिवाकर पौडेल नियुक्त भएका छन् ।

आइएमई रेमिट्यान्स तथा जीएमई रेमिट्यान्सको मर्जरबाट स्थापित आइएमई लिमिटेडको सीईओमा भेञ्चर हायर पर्चेजका सञ्चालक पौडेल नियुक्त भएका हुन् ।

दुई रेमिट कम्पनी एकापसमा मर्ज भएर आइएमई लिमिटेडको नामबाट बुधबारदेखि एकीकृत कारोबार शुरु भएको हो । 

कम्पनीका अध्यक्ष चन्द्र ढकालले रेमिट्यान्स सेवालाई थप परिष्कृत र सहज बनाउन आइएमई र जीएमई रेमिटलाई मर्जर गरेर एकीकृत कारोबार शुरु गरिएको बताए । मर्जर पछि दुबै कम्पनीको गरेर चुक्तापूँजी १ अर्ब १५ करोड रुपैयाँ भएको कम्पनीले बताएको छ ।

रोजगारीका लागि विदेशमा जाने प्रचलन बढेसँगै नेपालीहरूले अन्तरराष्ट्रिय बजारमा कमाएको पैसा नेपालमा रहेका आफन्तलाई पठाउने बैंकिङ्ग सञ्जाल विस्तार गर्दै सन् २००१ मा उक्त कम्पनीले आफ्नो सेवा प्रथम पटक मलेशियाबाट शुरु गरेको थियो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved