रक्सी, रेष्टुरेन्ट र होटलको बिल डिजिटल माध्यमबाट तिर्दा भ्याट फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2024 | 09:40:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले डिजिटल माध्यमबाट हुने सबै प्रकारका भुक्तानीमा ग्राहकलाई भ्याट फिर्ता दिने भएको छ। डिजिटल माध्यमबाट हुने भुक्तानीलाई प्रोत्साहन गर्ने उदेश्यले यस्तो निर्णय गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ। 

विभागकाअनुसार क्युआर, कोड, मोबाइल बैंकिङ,  डेबिट क्रेडिट कार्ड जस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी गर्ने ग्राहकहरुले दश प्रतिशत भ्याट फिर्ता पाउनेछन।  यसका लागि सम्बन्धित भुक्तानी प्रदायकले १० प्रतिशत भ्याट फिर्ता बापतको रकम ग्राहकको खातामा तुरुन्तै फिर्ता हुने व्यवस्था मिलाउनलाई विभागले निर्देशन दिएको छ।  

विभागले भदौ २१ गते यस्तो निर्णय गर्दै यस्तो व्यवस्था मिलाउनलाई परिपत्र गरेको हो । यसअनुसार बिक्रेताहरुले तत्कालै भ्याट फिर्ताको व्यवस्था कार्यान्वयन गर्नुपर्ने हुन्छ। यो निर्णय कार्यान्वयनका लागि विभागले सबै आन्तरिक राजश्व राजश्व कार्यालयहरुलाई निर्देशन समेत दिइसकेको जनाएको छ।

विभागको यो निर्णयअनुसार यदि कसैले भ्याटमा दर्ता भएका कम्पनी वा संस्थाबाट एक हजार रुपैयाँको बस्तु वा सेवा खरिद गर्दा उसले क्युआर, कोड, डेबिट वा क्रेडिट कार्ड वा अन्य कुनै विद्युतीय माध्यममार्फत भुक्तानी गर्छ भने १० प्रतिशत भ्याट बराबरको १०० रुपैयाँ ग्राहकको खातामा तुरुन्त फिर्ता हुनेछ। 

नेपाल राष्ट्र बैंककाअनुसार गत आर्थिक बर्ष २०८०।८१ मा क्युआर कोड मार्फत ६७ अर्ब ७३ करोड ७० लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ। त्यस्तै, मोबाइल बैंकिङबाट ३ खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने डेबिटबाट ९५ अर्ब र क्रेडिट कार्डबाट २ अर्ब रुपैयाँ कारोबार भएको छ। यो निर्णयबाट उपभोक्ताहरुलाई वार्षिक एक अर्ब रुपैयाँ बराबरको राहत पुग्ने आंकलन गरिएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved