पाँच हजार मुनीको डिजिटल भुक्तानीलाई नि: शुल्क बनाउन सुझाब !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2024 | 10:31:12 AM मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार बिष्णु रिमालले पाँच हजार मुनीका डिजिटल भुक्तानीलाई नि : शुल्क बनाउनलाई सुझाव दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो यस्तो सुझाबबारे प्रतिक्रिया समेत मागेका छन्। 

प्रधानमन्त्रीको मुख्य सल्लाहकारको भूमिका निर्वाह गरेको ५४ औं दिन वित्दै गर्दा धेरै युवाहरुबाट १० रुपैयाँ भुक्तानीलाई २१ रुपैयाँ खर्चिनुपर्ने गुनासो सुन्नमा आएको भन्दै रिमालले यस्तो सुझाब दिएका हुन। 

१०  रुपैयाँको विस्कुट किन्दा १०  रुपैयाँ शुल्क र त्यसमा थप १३ प्रतिशत भ्याट गर्दा डिजिटल भुक्तानी गरेकै कारण अतिरिक्त ११ रुपैयाँ ३० रुपैयाँ तिर्नुपर्ने अवस्था आएकाले यसको समाधानका लागि ५ हजार मुनीका डिजिटल भुक्तानीलाई नि: शुल्क गर्दा राम्रो हुन सक्ने रिमालले सुझाव अघि सारेका छन्। 

पुष्पकमल दाहाल नेतृत्त्वको तत्कालिन सरकारले डिजिटल भुक्तानीमा पनि भ्याट लाग्ने व्यवस्था गरेपछि पछिल्लो समय डिजिटल भुक्तानी झन् महँगो बनेको छ।

यसअघि पनि न्युनतम एउटा रकमसम्मको डिजिटल भुक्तानीलाई निशुल्क बनाउनुपर्ने आवाज उठ्दै आएको छ। अहिले डिजिटल भुक्तानीको व्यवस्थापन गर्दै आएका कनेक्ट आइपीएसले प्रत्येक भुक्तानीमा न्युनतम ८ रुपैयाँ  ४० पैसा शुल्क र त्यसमा १३ प्रतिशत भ्याट लिंदै आएको छ भने फोनपेले न्युनतम १० रुपैयाँ शुल्क र त्यसमा १३ प्रतिशत भ्याट लिंदै आएको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved