
सिटी एक्सप्रेस मनि ट्रान्सफरले सञ्चालन गरेको ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौं गुणा’ योजनाका विजेता निराजन ढकाल बनेका छन्। यस योजनामा भाग लिई ७ लाख ५४ हजार ३६२ रुपैयाँ नगद उपहार प्राप्त गरेका ढकालले सिटी एक्सप्रेसमार्फत कोरियाबाट नेपालमा रहेका आफन्तलाई ४१ हजार ९०९ रुपैयाँ पठाएका थिए।
यस योजना अन्तर्गत पठाएको रकमको १८ गुणा रकम नगद उपहारको रूपमा प्राप्त भएको हो। विजेता चयनका क्रममा हास्य कलाकार र सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापक प्रबन्ध निर्देशक चन्द्र टन्डनको उपस्थितिमा विद्युतीय प्रणालीबाट विजेता चयन गरिएको थियो।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले उक्त योजना १ असोजदेखि ३० मंसिरसम्म चाडपर्वको अवसरमा सञ्चालन गरेको थियो।