फोनपे बिजनेस एपमा नयाँ “अन–रिक्वेस्ट विदड्रअल सुविधा, अब निःशुल्क नगद निकासी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2025 | 12:10:57 PM मा प्रकाशित

laxmi sunrise bank

फोनपे नेपालको प्रमुख डिजिटल भुक्तानी प्लेटफर्मले व्यावसायिक व्यक्तिहरुका लागि नगद व्यवस्थापनमा सहज पहुँच सुनिश्चित गर्न नयाँ ‘अन–रिक्वेस्ट विदड्रअल’ सुविधा सार्वजनिक गरेको छ। यस सुविधाले व्यापारीहरुलाई कुनै पनि समयमा आफ्नो आवश्यकताअनुसार नगद निकाल्ने अवसर दिन्छ।

अब व्यापारीहरुले आफ्नो बैंक खातामा नगद तुरुन्तै निकासी गर्न सक्नेछन् र यसका लागि कुनै अतिरिक्त शुल्क वा विलम्बको सामना गर्नु पर्दैन। फोनेपेले यो सुविधा ल्याउनको उद्देश्य व्यापारीहरुको नगद प्रवाहमा पूर्ण नियन्त्रण दिनु हो, जसले गर्दा उनीहरुको वित्तीय व्यवस्थापन अझ प्रभावकारी र सुविधाजनक हुनेछ।

व्यापारीहरुले आपूर्ति कर्ताहरुलाई भुक्तानी गर्न, कर्मचारीहरुको तलव व्यवस्थापन गर्न र आकस्मिक खर्चहरुको सामना गर्न यो सुविधा प्रयोग गर्न सक्नेछन्। र यो सुविधा फोनेपे बिजनेस एपमा उपलब्ध छ।

मुख्य विशेषताहरू

तत्काल नगद निकासीः व्यापारीहरूले चाहेको समयमा नगद तुरुन्तै आफ्नो बैंक खातामा निकासी गर्न सक्नेछन्। यस सुविधाले नगद प्रवाहलाई अधिक लचिलो र सहज बनाउँछ।

स्वचालित निकासीः यदि व्यापारीले “अन–रिक्वेस्ट विदड्रअल” नगरेको खण्डमा, रकम स्वचालित रूपमा निर्धारित समय अनुसार बैंक खातामा स्थानान्तरण हुनेछ।

शुल्क बिना नगद निकासीः व्यापारीहरूले अब कुनै अतिरिक्त शुल्क बिना नगद निकासी गर्न सक्नेछन्, जसले व्यापारका खर्चहरू घटाउँछ र वित्तीय व्यवस्थापनलाई सहज बनाउँछ।

फोनपे बिजनेस एपमा “अन–रिक्वेस्ट विदड्रअल” सुविधा प्रयोग गर्ने सरल कदमहरूः

फोनपे बिजनेस एप खोल्नुहोस्।

आफ्नो रजिस्टर्ड खाता प्रयोग गरेर लगइन गर्नुहोस्।

प्रोफाइल लोगोमा ट्याप गर्नुहोस्।

सेटलमेन्ट सेटिङ्सुमा जानुहोस्।

रिक्वेस्ट विदड्रअलु चयन गर्नुहोस् र आफ्नो अनुरोध अगाडि बढाउनुहोस्।

एपमा दिइएका निर्देशनहरू पालना गरेर“अन–रिक्वेस्ट विदड्रअल”सुविधा सक्रिय गर्नुहोस्।

एकपटक यो सुविधा सक्रिय भएपछि, व्यापारीहरूलाई कुनै पनि समयमा आफ्नो नगद बिना अतिरिक्त शुल्क तुरुन्तै आफ्नो बैंक खातामा निकासी गर्न सक्नेछन्।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved