इसेवाले ल्यायो २ लाखसम्मको सहजकर्जा सुविधा, व्यवसायका लागि ऋण लिने झन्झटबाट मुक्ती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2025 | 09:38:37 AM मा प्रकाशित

laxmi sunrise bank

नेपालकै पहिलो डिजिटल वालेट सेवा प्रदायक इसेवाले गुडविल फाइनान्स लिमिटेडसँगको सहकार्यमा ‘इजीलोन’ सुविधा विस्तार गरेको छ। अब इसेवाका एजेन्टहरूलाई रु ३०,००० देखि २ लाखसम्मको ऋण उपलब्ध गराइने कम्पनीले जनाएको छ। 

यसअघि पनि इसेवाले इजीलोन मार्फत साना तथा मझौला व्यवसायीहरूलाई सहज ऋण सुविधा प्रदान गर्दै आएको थियो। व्यवसाय सञ्चालनका लागि आवश्यक रकम अभाव हुँदा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने झन्झटिलो प्रक्रियालाई सहज बनाउन इसेवाले इजीलोन ल्याएको हो। अब गुडविल फाइनान्ससँगको सहकार्यले यो सुविधा अझै प्रभावकारी भएको छ।

इसेवाका वित्तीय सेवाका प्रमुख हेम घिमिरेका अनुसार इजीलोनले साना व्यवसायीहरूलाई व्यवसाय विस्तार गर्न तथा आकस्मिक खर्च व्यवस्थापन गर्न ठूलो सहजता प्रदान गर्नेछ। उनले  इजीलोन सुरक्षित, पारदर्शी र छिटो ऋण प्रक्रिया भएकाले यसले एजेन्टहरूको व्यवसायिक सफलतामा टेवा पुर्याउने बताए।

सन् २००९ देखि डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको इसेवा नेपालकै अग्रणी मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा प्रदायक कम्पनी हो। हाल इसेवाले ७७ वटै जिल्लामा सेवा पुर्याइसकेको छ। मोबाइल टपअपबाट सुरु भएको इसेवाले अहिले बिजुली, खानेपानी, इन्टरनेट, हवाइजहाज र बस टिकट, स्कुल तथा कलेज शुल्क भुक्तानी, बीमा सेवा, शेयर तथा डिम्याट खाता नविकरण लगायत २,००० भन्दा बढी सेवा प्रदान गर्दै आएको छ।

इजीलोन सुविधाले साना तथा मझौला व्यवसायीहरूको आर्थिक आवश्यकतालाई मध्यनजर गर्दै डिजिटल वित्तीय सेवामा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved